विश्व बैंकको ऋण सहयोग तथा प्रदेश र स्थानीय तहको लागत साझेदारीमा कर्णाली र सुदूर पश्चिम प्रदेशका छनोट भएका छ वटा पालिकाहरु (सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, सल्यान जिल्लाको शारदा नगरपालिका, डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका तथा कैलाली जिल्लाका बर्दगोरिया, जोशीपुर एवं जानकरी गाउँपालिका) मा दीगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउने एवं सेवा प्रवाहको स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्यका साथ यो कार्यक्रम आ.व. २०७८/७९ सुरु गरिएको हो । यस आयोजनाको कुल लागत १०० मिलियन अमेरिकी डलर रहेको छ भने विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर ऋणका लागि २०७९ आषाढ २९ गते नेपाल सरकार र विश्व बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।