महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा सप्तमी - २२

जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना

नेपालको सुख्खा क्षेत्र अन्तर्गत पर्ने जिल्लाहरूका अति विकट भौगोलिक बनावट भएका स्थानहरुमा छरिएर रहेका समुदाय/बस्तीहरुलाई सर्वसुलभ तरिकाले मध्यम वा उच्च स्तरको खानेपानी सेवा पुर्याउने उद्देश्यले जलवायु परिवर्तनले समेत पानीको परिमाणमा असर नपर्ने स्रोतहरुलाई उपयोग गरि दिगो रूपमा खानेपानी व्यवस्थापन गर्दै जनताको खानेपानी तथा सरसफाइमा पहुँचको संवैधानिक हक सुनिश्चित गर्न जलवायु अनुकूलित वृहत खानेपानी आयोजना संचालन गरिएको छ। यस आयोजनाअन्तर्गत मल्टिस्टेज बृहत् खानेपानी आयोजनाहरू, खानेपानी आयोजनाहरूमा सोलार जडान गर्ने कार्य र जलाशययुक्त खानेपानी आयोजनाहरूको निर्माण तथा अध्ययन कार्य भइरहेको छ । आयोजनाको निर्माणमा कूल लागत अनुमानको ९० प्रतिशत रकम नेपाल सरकारबाट र १० प्रतिशत रकम उपभोक्ता समुहबाट (जसमध्ये १ प्रतिशत नगद र ९ प्रतिशत जनश्रमदान) व्यहोरिने नीति रहेको छ । आयोजना सम्पन्न भए पश्चात १ वर्षसम्म निर्माण व्यवसायीबाटै आयोजनामा पानी संचालन गर्ने र त्यसपछि स्थानीय निकायको सहयोगमा उपभोक्ता समितिले आयोजना संचालन गर्ने व्यवस्था गरिएको छ ।

योजनाहरू (आ.व. २०८०।८१)