महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३

संस्थागत सहयोग तथा सेवा परामर्श इकाई

खानेपानी तथा ढल निकास विभाग अन्तर्गत संचालित "सस्थागत सहयोग तथा सेवा परामर्श इकाई (ISSAU) यस्तो इकाई जसले समग्रमा साना सहरी खानेपानी आयोजना तथा उपभोक्ता संस्थाहरुको संस्थागत तथा अन्य शहरी संरचनागत प्रवद्र्धन गर्न, विभागको संस्थागत विकासमा सहयोग गर्न र राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्र (National Water Supply and Sanitation Training Center-NWSSTC) को संस्थागत विकास गर्न सहजीकरणको भूमिका निर्वाह गर्नेछ" । खानेपानी तथा सरसफाइ उपभोक्ता (WUSC) र सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको तर्जुमाको क्रममा यस शाखाको परिकल्पना गरिएको हो । यस इकाईले खानेपानी तथा ढल निकास विभाग, राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्र र साना सहरी खानेपानी तथा सरसफाइ संस्थाहरुको दीर्घकालीन व्यवसायिक योजना बनाउन तथा कार्यान्वयन गर्न लगाउन सहजीकरण गर्नेछ ।

ISSAU का क्रियाकलापहरु
विभागको व्यवसायिक योजना (Business Plan) बनाउने, विभागले उपभोक्ता संस्था, निर्माण, व्यवसायीहरुसँग गर्ने नमूना सम्झौताहरु (Customized Agreements) तयार गर्ने, सम्झौताहरुको कानूनी पक्षहरु पुनरावलोकन गर्ने, विभागको निर्धारित सञ्चालन प्रक्रिया (Standard Operating Procedure-SOP), सेवा व्यवस्थापन निर्देशिकाहरु (Utility Management Guideline) पुनरावलोकलन गरी समयसापेक्ष आवश्यक परिमार्जनहरु सिफारिस गर्ने, विभागबाट आयोजना सञ्चालन गरिने लगानी खाका (Financial Modality) तय गर्ने, सञ्चालित आयोजना विद्यमान लगानी अनुपातको सान्दर्भिकता (Viability), खानेपानी आयोजनाहरुको हाल चलनचल्तीमा रहेका पानी महसुलहरु (Water Tariff) को अध्ययन गरी सुधार गर्नुपर्ने बुँदाहरु पहिचान गर्ने, साथै लगत उठती (Cost Recovery) सम्बन्धी अध्ययन अनुसन्धान र क्षेत्र पहिचान गर्ने ।

साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था (Small Town Water Users and Sanitation Committee) को हालको व्यवस्थापन, प्राविधक पक्ष र संरचनागत पक्षको लेखाजोखा गर्ने, साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था (WUSC) को व्यावसायिक योजना (Business Plan) बनाउन सहजीकरण गर्ने तथा नमुना व्यवसायिक योजना बनाउने, आयोजना सञ्चालन तथा मर्मत सम्भार (Operation and Maintenance), विपद् व्यवस्थापन (Emergency Management), चुहावट व्यवस्थापन (Non-revenue Water Management)), गुनासो व्यवस्थापन (Grievance Handling) का लागि निर्धारित संचालन कार्यविधि (Standard Operating Procedure) बनाउने, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आर्थिक व्यवस्थापन तथा लेखा परीक्षण (Accounting System/Auditing) प्रणाली विकासमा सहयोग गर्ने, पानी महसुलको विल तयारी तथा विल भुक्तानी प्रकृया (Billing and Computerization) मा सहयोग गर्ने ।

नेपाल खानेपानी तथा सरसफाइ तालिम केन्द्र (Nepal Water Supply and Sanitation Training Center-NWSSTC) को व्यावसायिक योजना बनाउने, तालिम आवश्यकताको पहिचान गर्ने, स्रोत तथा स्रोत व्यक्तिको पहिचान गर्ने तथा तालिम सञ्चालनको लागि सहयोग गर्ने ।