- आयोजनाको सम्भाव्यता अध्ययन, डिजाइन, निर्माण सम्बन्धी मापदण्ड, निर्देशिका, नर्मस, म्यानुअल आदि तयार गरी प्रकाशित गर्ने र अद्यावधिक गर्ने ।
- आयोजनाहरुको डिजाइन प्रतिवेदन चेक जाँच गर्ने ।
- उच्च, नवीनतम र कम लागतका प्रविधिहरुको अध्ययन, अनुसन्धान तथा विकास गर्ने ।
- उच्च, नवीनतम र कम लागतका प्रविधिमा आधारित खानेपानी तथा ढल व्यवस्थापन नमूना योजनाको विकास गर्ने ।
- खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु लाई स्मार्ट वाटर म्यानेज्मेन्ट प्रविधि बाट संचालन गर्नका लागि प्रविधिको विकास तथा प्रर्वधन गर्ने ।
- जलवायु अनुकूलनयुक्त आयोजनाहरु संचालन, खानेपानीका स्रोत संरक्षण, भूभिगत जलाधार पुनर्भरण, वर्षातको पानी संकलन प्रविधि विकास सम्बन्धी अध्ययन गर्ने ।
- सेवा प्रदायकहरुको संस्थागत क्षमता सुदृढिकरण गर्नका लागि आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयनका लागि समन्वय गर्ने ।
- विभागको व्यावसायिक कार्य योजना तयार गर्ने तथा सेवा प्रदायकहरु बाट संचालित आयोजनाहरुको व्यावसायिक कार्य योजना तयार गर्न सहयोग गर्ने ।
- संघीय, प्रादेशिक र स्थानीय तहको खा.स.स्व. योजना (WaSH Plan) तयार गर्ने तथा कार्यान्वयनका लागि आवश्यक समन्वय गर्ने ।