राष्ट्रिय नीति तथा योजनालाई मार्गदर्शनका रुपमा लिई वैदेशिक सहयोगबाट संचालन गर्नुपर्ने आयोजनाहरुको लागि सहयोगको प्रस्ताव तयार पार्ने ।
बिभाग र अन्तर्गत निकायहरूको वार्षिक विकास कार्यक्रम तयारीको समन्वय एबम अन्तिम जाँच गरी स्विकृतार्थ पेश गर्ने।
आयोजना कार्यान्वयन तथा उपलब्धिको निरीक्षण, अनुगमन तथा प्रतिवेदन गर्ने ।
केन्द्रीय स्तरका आयोजनाहरुको आवधिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निकायहरुमा पेश गर्ने ।
आयोजनाहरूको प्राविधिक परीक्षण (Technical Audit) गर्ने व्यवस्था मिलाउने ।
खानेपानी तथा सरसफाइ सम्बन्धी तथ्यांक संकलन गरी अद्यावधिक गर्न सम्बन्धित पक्ष वा निकायहरूलाई आवश्यक प्राविधिक सहयोग पुर्याउने ।
खानेपानी तथा सरसफाइ क्षेत्रगत सूचना व्यवस्थापन गर्ने ।
प्रादेशिक तथा स्थानीय तहबाट संचालित खानेपानी तथा सरसफाइ सम्बन्धी सेवाको स्तर समेत छुट्टिने गरी बेञ्चमार्किङ कार्यलाई निरन्तरता दिंदै सूचना संकलन एवं तथ्यांक अद्यावधिक गरी राख्ने प्रबन्ध गर्ने ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा आन्तरिक एवं बाह्य श्रोत जुटाउन तथ्यांक अद्यावधिक राख्ने तथा वैदेशिक सहयोगको लागि समन्वय गर्ने ।
खानेपानी तथा सरसफाइ क्षेत्रको विकास एवं व्यवस्थापनको लागि उपयुक्त व्यवस्थापन सूचना प्रणालीको डिजाइन गरी संचालन गर्ने ।
शाखा प्रमुखले राष्ट्रिय खा.स.स्व. समन्वय समितिको सदस्य सचिवको रुपमा काम गर्ने ।