महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ थिंलाथ्व चतुर्दशी - १४

शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना

प्रथम, दोस्रो र तेस्रो चरणका आयोजनाहरूको सफलतापश्चात् आयोजना संचालन तथा यसको दीगोपनाका लागि केही पाठहरू सिकी २० वटा सहरहरूमा सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना (२०१९-२०२४) संचालन गरिएको छ । यो आयोजनाले करिब ३ लाख २० हजार सहरी जनसंख्यालाई उच्च तथा मध्यमस्तरको खानेपानी सेवा तथा करिब ६४ हजार जनसंख्यालाई सुधारिएको सरसफाई सुबिधा उपलब्ध गराउने लक्ष्य रहेको छ । सहरी आयोजनाहरूको निर्माणको लागि उपभोक्ता संस्थाले निर्माण लागतको ३०% सम्म सहलगानी गर्ने व्यवस्था रहेको छ । सोमध्ये ५% रकम उपभोक्ता संस्थाले आयोजना संचालनको प्रतिबद्धतास्वरूप अग्रीम नगद जम्मा गर्नुपर्ने र बाँकी २५% उपभोक्ता संस्थालाई नगर विकास कोषले ऋण प्रवाह गर्ने व्यवस्था रहेको छ । आयोजनाको ७०% लागत भने नेपाल सरकारले एशियाली विकास बैंकको ऋण सहयोगमार्फत् उपलब्ध गराउने व्यवस्था रहेको छ ।

आयोजनाहरू (आ.व.२०८०।८१):