महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ थिंलाथ्व पुन्हि - १५

सहलगानी खानेपानी तथा सरसफाई आयोजना

खानेपानी तथा सरसफाइको सेवा क्षेत्र तथा सेवास्तर वृद्धिको कार्यलाई व्यापकता दिई राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ अनुसारको छिटो छरितो एवं दीगो सेवा सुनिश्चित गर्न सरकार, स्थानीय निकाय र उपभोक्ता समुदायको संस्थागत सहलगानीमा आधारित सहलगानी खानेपानी तथा सरसफाई आयोजना संचालनमा रहेको छ । यस कार्यक्रमअन्तर्गत मौजुदा खानेपानी आयोजनाको सेवा क्षेत्र वा सेवा विस्तार वृद्धि वा क्रमागत वा नयाँ आयोजनाको निर्माण कार्यमा उपभोक्ता संस्थाले कुल लागतको ३०% र नेपाल सरकारले ७०% पूँजीगत लगानी गर्ने व्यवस्था रहेको छ । उपभोक्ता संस्थाले लगानी गर्ने ३०% मध्ये कम्तीमा पनि १०% लगानी नगदमै र बाँकी लगानी श्रम वा नगदमा गर्न सकिने व्यवस्था रहेको छ । तर मानव विकास सूचकाङ्क न्यून रहेका २४ जिल्लाहरूको हकमा भने उपभोक्ता संस्थाले कुल लागतको कम्तीमा २५% र नेपाल सरकारले ७५% पूँजीगत लगानी गर्ने व्यवस्था रहेको छ ।

योजनाहरू (आ.व. २०८०।८१)