ढल व्यवस्थापन सम्बन्धी दीघर्कालीन गुरुयोजना तयार गर्ने ।
ढल प्रणाली निर्माण तथा व्यवस्थापन सम्बन्धी डिजाइन निर्देशिका एबम नर्मस तयार गर्ने ।
ढल प्रणाली व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान तथा सूचना ब्यबस्थापन गर्ने ।
ढल प्रणाली कार्यान्वयनका लागि योजना तर्जुमा, वार्षिक विकास कायर्क्रम तथा बजेट तयारी र समन्वय गर्ने।
ढल व्यवस्थापन सम्बन्धी मापदण्ड तयारी तथा अद्यावधिक गर्ने।
ढल प्रणालीहरुको निरीक्षण, सुपिरवेक्षण, अनुगमन, तथा मूल्यांकन सम्बन्धी कार्य गर्ने ।
वातावरणीय सरसफाइ सम्बन्धी नीति, कार्यनीति आदि निर्माण गर्न सघाउने।
वातावरणीय सरसफाइ संबन्धी वार्षिक कायर्क्रम तथा बजेट तयार गर्ने।
वातावरणीय सरसफाइ सम्बन्धी अध्ययन, अनुसन्धान, विकास तथा सो सम्बन्धी सूचना व्यवस्थापन गर्ने।
आयोजनाहरु बाट वातावरणमा पर्न सक्ने प्रभावहरुको मूल्यांकन गर्न IEE, EIA गर्ने- गराउने।
वातावरणीय सरसफाइ सम्बन्धी सूचना तथा तथ्यांकको अभिलेख राख्ने तथा अद्यावधिक गर्ने।
शहरी क्षेत्रबाट प्रवाहित हुने नदी, ताल तलैयाहरुको जल गुणस्तर, रिभर हेल्थ तथा वाटर बडिज हेल्थ कायम गर्न आवश्यक कार्य योजना तयारी, व्यवस्थापन, अनुगमन, गुणस्तर नियन्त्रण तथा कार्यान्वयन सम्बन्धी कार्य गर्ने।
वातावरणीय सरसफाइ संबन्धी कार्यक्रमको सुपरिवेक्षण, अनुगमन, निरीक्षण तथा मूल्यांकन तथा प्रगति प्रतिवेदन तयार गर्ने।