महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ थिंलाथ्व पुन्हि - १५

राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र

राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र खानेपानी तथा ढल विभाग अन्तर्गतको खानेपानी, सरसफाइ तथा स्वच्छता (खासस्व) क्षेत्रका सरोकारवालाहरू को क्षमता अभिवृद्धि गर्ने अग्रणी निकायको रूपमा परिचित र कार्यरत छ । सन् १९८३ देखि UNDP, WHO, UNICEF जस्ता राष्ट्र संघीय संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा जनसाधन विकास एकाईको रूपमा स्थापना भई हाल राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्रको रूपमा कार्यरत रहँदै आएको छ। जनशक्ति, तालिम भवन र अन्य लजिस्टिक सामग्रीहरू उपलब्ध रहेको यो केन्द्र प्राकृतिक रूपले सुन्दर एवं रमणीय स्थान नगरकोटमा अवस्थित छ । सन् २०१४ मा यस प्रशिक्षण केन्द्रले ISO 9001: 2008 Quality Management System Certified Training Center को मान्यता हासिल गरेको थियो भने २०१७ मा भएको अडिट पश्चात यस केन्द्रको ISO मान्यता अद्यावधिक गरी ISO 9001: 2015 Quality Management System Certified Training Center को मान्यता प्राप्त भएको छ । ISO 9001: 2015 QMS मा अद्यावधिक गरिएको छ । यस केन्द्रले Water Operators Partnership सम्बन्धमा उल्लेखनीय कार्य गरे बापत अन्तर्राष्ट्रिय स्तरको Water Link Award 2015 समेत प्राप्त गरेको छ ।

क्षेत्रगत तालिम सम्वन्धी अनुसन्धान र प्रशिक्षणको माध्यमबाट खासस्व क्षेत्रका संघ-संस्थाहरू, सरोकारवालाहरू उपभोक्ताहरू र निर्वाचित जनप्रतिनिधिहरुको क्षमता विकास, नवीनताको प्रवर्द्धन तथा प्रविधिको विकास गर्ने सोच सहित यस प्रशिक्षण केन्द्र क्षमता अभिवृद्धि, अनुसन्धान, साझेदारी विकास र सञ्जाल निर्माण तर्फ क्रियाशिल छ । जसको लागि यस केन्द्रको सहजीकरणमा क्षेत्रगत Training Need Assessment, Training Effectiveness Assessment, Training Norms Revision, WaSH Expo, Capacity Development Master Plan, Development of Roster of Training Experts, Capacity Gap Assessment of WaSH Coordination Committees, Documentation and Archiving आदि पक्षहरू सम्बन्धी कार्यहरू संचालित छन् । यस केन्द्रले भविष्यमा स्तरीय प्रशिक्षण म्यानुअल, अनलाइन कोर्स तथा तालिम सूचना व्यवस्था प्रणाली विकास गर्ने सोच बोकेको छ ।

यस केन्द्रद्वारा हाल सम्म प्राविधिक, ब्यबस्थापकीय, सामाजिक-सांस्कृतिक, नेतृत्व एवं संस्थागत विकास, ट्रिगरिंग र सचेतना निर्माण, सूचना तथा ज्ञान व्यवस्थापन, साझेदारी निर्माण, खासस्व योजना तर्जुमा तथा अनुगमन, खानेपानी संरचना एवं गुणस्तर, विद्यालय सरसफाइ, पूर्ण सरसफाइ, वातावरणीय प्रभाव मूल्यांकन, जलवायु परिवर्तन, जोखिम व्यवस्थापन, बर्षातको पानी संकलन, फोहर पानी प्रशोधन तथा फोहरमैला व्यवस्थापन, पाइप जडान, पानीको चुहावट नियन्त्रण, मर्मत सम्भार, निर्माण व्यवस्थापन, प्रशासन तथा वित्त व्यवस्थापन, सामाजिक समानता तथा लैंगिक समाबेशीकरण, प्रस्तावना तथा प्रतिवेदन तैयारी आदि विषयवस्तुहरूमा प्रशिक्षण तथा अभिमुखीकरण सम्पादित भएका छन् । साथै २०७३ फागुन ९ देखि १५ गते सम्म मन्त्रालयको अगुवाई र WSSCC को सहकार्यमा “महिनाबारी व्यवस्थापन” सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सञ्चालन गरिएको थियो । सो अघि, माघ २७ र २८ मा मन्त्रालयकै अग्रत्वमा महिनाबारी व्यवस्थापन सम्बन्धी २ दिने उच्चस्तरीय नीतिगत परामर्श कार्यशालाको पनि सञ्चालन गरिएको थियो ।

सोही बर्ष प्रशिक्षण केन्द्रले WHO Nepal समेतको सहयोग र सहकार्यमा पहिलो पटक नेपालमा “Sanitation Safety Planning” सम्बन्धी कार्यशाला तथा अभिमुखीकरण सञ्चालन गरी सरसफाइ सुरक्षा योजनाको अवधारणा छानिएका केही सरसफाइ प्रणालीहरुमा पाइलटिङ्गका रुपमा लागु गर्ने सोचका साथ कार्य अघि बढाइएको छ । खासस्व क्षेत्रमा बिषयगत प्रशिक्षण प्रदान गर्ने एक मात्र राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र हुनुको नाताले यस केन्द्रले सरकारी श्रोतबाट सञ्चालन हुने प्रशिक्षण एबम् सेमिनार तथा कार्यशालाहरूका अतिरिक्त अन्य क्षेत्रगत सरोकारवालाहरूको लागि समेत कार्यक्रम सञ्चालन गरिदिने वा सो का लागि प्रशिक्षण केन्द्रका सुविधाहरू सुलभ तवरले उपलब्ध गराउन बिशेष ध्यान दिईंदै आएको छ।

बिगतमा झैं गत बर्ष पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरू सङ्गको व्यावसायिक सहकार्य निरन्तर रह्यो । यस केन्द्रले भुटानका खानेपानी प्राविधिकहरूका लागि पम्प सञ्चालन सम्बन्धी ७ दिने तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । तालिमको फलस्वरूप प्रशिक्षार्थिहरूले त्यहाँको पेमाग्यात्सेल जिल्ला स्थित ४/५ महिना देखि सञ्चालन अवरुद्ध रहेको भुटानकै पहिलो पम्पिङ्ग खानेपानी प्रणाली मर्गत गरी पुन: सेवा सञ्चालनमा ल्याउन सफल भएको खबर प्राप्त भएको छ । सो आयोजनाको डिजाईन तथा निर्माणको सुपरिेवेक्षण खानेपानी तथा ढल निकास बिभाग कै पूर्व-ईञ्जिनियरहरू द्वारा सम्पन्न भएको थियो ।

देश संघीय शासन प्रणालीमा परिवर्तन भए संगै यस प्रशिक्षण केन्द्रले जिल्लाका सम्पूर्ण पालिकाहरुका निर्वाचित प्रतिनिधिहरुलाई लक्षित गरी शुरुमा आ.व २०७६/७७ मा रोल्पा जिल्ला वाट शुरु गरी खानेपानीको गुणस्तर, खासस्व योजना तर्जुमा र पूर्ण सरसफाइ सम्वन्धी अभिमुखीकरण कार्यशाला आयोजना गरी खानेपानीमा स्थानीय सरकारको सीप र दक्षता विकास गर्ने कार्यको थालनी गरेको छ ।

थप जानकारीको लागि,
https://nwsstc.gov.np/