संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु
- बार्षिक बजेट संघीय तहबाट सञ्चालन हुने आयोजनाहरुको पहिचान तथा प्राथमिकीकरण गरी प्रदेश तथा स्थानीय तहसंग समेत समन्वय गरी सहभागितात्मक प्रकृयाबाट आयोजना कार्यान्वयन गर्ने ।
- सिलिङ्ग प्राप्त भएपछि आफ्नो कार्य क्षेत्रमा संचालन गर्न आवश्यक भएका संघीय आयोजना/ कार्यक्रमहरुको बजेट बांडफांड गरी बजेट तथा कार्यक्रमहरुको राष्ट्रिय योजना आयोगबाट निर्धारण भएको ढाँचामा कार्यक्रम तयार गरी स्वीकृतीका लागि विभागमा पेश गर्ने ।
- आफ्नो कार्य क्षेत्र भित्रको संघीय खानेपानी तथा सरसफाई सम्बन्धी स्वीकृत बार्षिक बिकास कार्यक्रम अनुसार खानेपानी तथा सरसफाई आयोजनासंग सम्बन्धित क्रियाकलापहरु प्रचलित ऐन कानुनको परिधि भित्र रही संचालन गर्ने ।
- संचालित आयोजना /कार्यक्रमहरुको प्रगती प्रतिवेदनहरु निर्धारित ढाँचा अनुसार तयार गरी तोकिएको समयमा प्राप्त हुने गरी विभागमा पेश गर्ने ।
- सञ्चालित आयोजनाहरुको आवधिक सुपरीवेक्षण अनुगमन तथा मुल्याङ्कन गरी आवश्यक राय, सुझाव तथा निर्देशन दिनुका साथै आयोजना कार्यान्वनका क्रममा देखा परेका समस्याहरु समाधान गर्न आवश्यक पहल गर्ने ।
- कार्य क्षेत्र भित्रका खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी तथ्यांकहरु संकलन तथा अध्यावधि गर्ने गराउने ।
- प्रदेश तथा स्थानीय तहसंग समन्वय गरेर आवश्यकताअनुरुप क्षमता विकासका कार्यहरु सञ्चालन गर्ने गराउने
- आर्थिक अनुशासन कायम गरी बेरुजु फछर्यौट सम्बन्धि काम कारबाही गर्ने गराउने ।
- आयोजना कार्यान्वयन तथा सो सम्बन्धी अन्य कार्य गर्दा पारदर्शी तथा मितव्ययी ढंगबाट गर्ने/गराउने
- जनतालाई प्रदान गरिने सेवाहरु छिटो,छरितो एंव प्रभावकारी रुपमा उपल्ब्ध गराउन आवश्यक समन्वय गर्ने
- आयोजना /कार्यक्रमको वारेमा सम्बन्धित क्षेत्रका सेवाग्राही जनता संग आवश्यक परामर्श तथा छलफल गर्ने।
- कार्यक्षेत्र संग सम्बन्धित सरकारी चल तथा अचल सम्पतिहरुको अभिलेख राख्ने तथा संरक्षण र सुरक्षा गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने गराउने ।
- मन्त्रालय तथा विभागबाट प्राप्त निर्देशन तथा सुझाव कार्यान्यन गर्ने गराउने।
- प्रचलित ऐन कानुनमा उल्लेख भए बमोजिम रा.प. प्रथम / द्वितिय श्रेणीको अधिकारहरु प्रयोग गर्ने ।
- प्रचलित ऐन कानून भित्र रही अधिनस्थ कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन गरि पेश गर्ने, अधिनस्थ कर्मचारीहरुको विभागिय कार्यवाही, अवकाश,राजिनामा स्वीकृत, उपदान, निबृतिभरण, पुरस्कार, बिभूषण सम्बन्धी कार्य गर्ने/ गराउने तथा सिफारिश गर्ने ।
- सहलगानी, सुख्खा, जलवायु अनुकुलन, उच्च प्रविधियुक्त खानेपानी तथा सरसफाई आयोजनाहरुको पहिचान, सम्भाव्यता अध्ययन, प्राथमिकिकरण तथा विस्तृत परियोजना प्रतिवेदन तयारीका लागी सरोकारवालाहरुसंग समन्वय तथा सहजिकरण गर्ने जस्ता कार्यहरुमा सम्बन्धित आयोजना व्यवस्थापन कार्यालयलाई सहयोग गर्ने ।
- स्वीकृत आयोजनाहरुको कार्यान्वयनका लागि आवश्यक खरीद तथा ठेक्का व्यवस्थापन सम्बन्धि कार्य गर्ने ।
- आयोजनाहरुको कार्यान्वयनका क्रममा आवश्यक सुपरीवेक्षण, अनुगमन तथा मुल्यांकन गरी आवश्यक राय, सुझाव तथा निर्देशन दिने।
- कार्यालयको दैनिक कार्य सञ्चलानका लागि आवश्यक सम्पुर्ण कार्य गर्ने ।