सन् २०१७ (वि.सं. २०७३० सम्म सबै जनतालाई खानेपानी सेवा उपलब्ध गराउने राष्ट्रिय लक्ष्यअनुरुप सरकारी तथा गैरसरकारी निकायहरुबाट भइरहेको लगानी मुख्यत नयाँ सेवा संचालनमा केन्द्रित रहेकोले मौजुदा खानेपानी संरचनाहरुको समयसापेक्ष सुधार र सेवास्तर अभिवृद्धि तर्फ खासै ध्यान दिइएको देखिंदैन । वर्तमान अवस्थामा सेवा नपुगेका ठाउँमा नयाँ आयोजनाको निर्माण भन्दा पनि मौजुदा संरचना एवं प्रणलीहरुको मर्मत सम्भार एवं सुधार विस्तार र पुनर्निमाणको विषय चुनौतीको रुपमा देखिएको छ ।
देशमा विकासको गतिसँसँगै जनवीवनमा पनि प्रशस्त गतिशीलता आएको छ । जनसंख्याको वृद्धि, आन्तरिक बसाइसराइ र बसोवास क्षेत्रको विस्तारका साथसाथै जीवनस्तरमा आएको परिवर्तनका कारण पनि राम्रोसँग संचालन भइरहेका खानेपानी प्रणालीहरुबाट समेत माग अनुरुपको सेवा उपलब्ध हुन सकिरहेको छ । जनताको आकांक्ष र चाहानाअनुरुप पर्याप्त र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो, तर उपलब्ध समिति आर्थिक स्रोतबाट मात्र यी दायित्व पूरा गर्न र चुनौती सामाधान गर्न सम्भव देखिंदैन ।
यसै परिप्रेक्ष्यमा, जनताको चाहनाअनुरुप खानेपानी तथा सरसफाइको सेवा क्षेत्र तथा सेवास्तर वृद्धिको कार्यलाई व्यापकता दिई राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ अनुसारको छिटोछरितो एवं दिगो सेवा सुनिश्चित गर्न सरकार, कार्यक्रम संचालन गरी खानेपानी तथा सरसफाइ आयोजनाहरुको कार्यान्वयन गर्नु समय सापेक्ष एवं बाञ्छनीय देखिएकाले आ.व. ०६९/७० देखि सहलगानी खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रमको उद्देश्य
सहलगानी खानेपानी तथा सरसफाई सेवालाई आधारभूत स्तरसम्म मात्र सिमित नराखी जीवनयापनमा आएको परिवर्तन सापेक्ष उपभोक्तालाई छिटो रुपमा सुरक्षित, विश्वसनीय, पर्याप्त र दिगो सेवा उपलब्ध गराई जीवनस्तर उकास्न टेवा पुर्याउने उद्देश्य राखेको छ।
कार्यक्षेत्र
सहलगानी कार्यक्रमबाट निम्नअनुसारका मौजुदा, निर्माणधीन अवस्थामा रहेका वा नयाँ खानेपानी तथा सरसफाई आयोजनामा सेवाक्षेत्र विस्तार तथा सेवास्तर वृद्धिसम्बन्धी कार्य गरिनेछ ।
सहलागनी कार्यक्रम कार्यान्वयन प्रक्रिया
सहलगानी कार्यक्रमबाट सञ्चालन गरिने आयोजनाहरुको कार्यलाई आयोजना तर्जुमा तथा छनौट, निर्माण र नियमित मर्मत सम्भार तथा सञ्चालन गरी जम्मा ३ चरणमा विभाजित गरी कार्यान्वयन गरिनेछ । यस कार्यक्रम अन्तर्गत छनौटमा परेका आयोजनाहरुको सम्पूर्ण निर्माण कार्य बढीमा ३ वर्ष भित्र सम्पन्न गर्ने गरी आयोजनाको कार्ययोजना बनाई आयोजना कार्यान्वयन गरिनेछ ।
सहलगानी आयोजनाको लगत तथा खर्च बेहोरिने स्रोत
यस कार्यक्रममा सहभागी हुने मौजुदा वा नयाँ खानेपानी तथा सरसफाइ आयोजनामा उपभोक्ता समुदायको सक्रिय सहभागिता सुरक्षित, विश्वसनीय र पर्याप्त खानेपानी तथा सरसफाइका सुविधा विस्तार गर्नेतर्फ आवश्यक तयारी गर्ने तदनुसारको निर्माण काम पूरा गर्ने र त्यसपछिको व्यवस्थापन, नियमित मर्मत सम्भार तथा संचालन गर्ने साथै सो आयोजनामा लाग्ने लगत खर्च, ऋण, ब्याज र पुँजी सम्पूर्णको Cost Recovery समेतको व्यवस्था गर्ने सम्पूर्ण जिम्मेवारी उपभोक्ता संस्थाको हुनेछ ।