- ढल व्यवस्थापन सम्बन्धी दीघर्कालीन गुरुयोजना तयार गर्ने ।
- ढल प्रणाली निर्माण तथा व्यवस्थापन सम्बन्धी डिजाइन निर्देशिका एबम नर्मस तयार गर्ने ।
- ढल प्रणाली व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान तथा सूचना ब्यबस्थापन गर्ने ।
- ढल प्रणाली कार्यान्वयनका लागि योजना तर्जुमा, वार्षिक विकास कायर्क्रम तथा बजेट तयारी र समन्वय गर्ने।
- ढल व्यवस्थापन सम्बन्धी मापदण्ड तयारी तथा अद्यावधिक गर्ने।
- ढल प्रणालीहरुको निरीक्षण, सुपिरवेक्षण, अनुगमन, तथा मूल्यांकन सम्बन्धी कार्य गर्ने ।
- वातावरणीय सरसफाइ सम्बन्धी नीति, कार्यनीति आदि निर्माण गर्न सघाउने।
- वातावरणीय सरसफाइ संबन्धी वार्षिक कायर्क्रम तथा बजेट तयार गर्ने।
- वातावरणीय सरसफाइ सम्बन्धी अध्ययन, अनुसन्धान, विकास तथा सो सम्बन्धी सूचना व्यवस्थापन गर्ने।
- आयोजनाहरु बाट वातावरणमा पर्न सक्ने प्रभावहरुको मूल्यांकन गर्न IEE, EIA गर्ने- गराउने।
- वातावरणीय सरसफाइ सम्बन्धी सूचना तथा तथ्यांकको अभिलेख राख्ने तथा अद्यावधिक गर्ने।
- शहरी क्षेत्रबाट प्रवाहित हुने नदी, ताल तलैयाहरुको जल गुणस्तर, रिभर हेल्थ तथा वाटर बडिज हेल्थ कायम गर्न आवश्यक कार्य योजना तयारी, व्यवस्थापन, अनुगमन, गुणस्तर नियन्त्रण तथा कार्यान्वयन सम्बन्धी कार्य गर्ने।
- वातावरणीय सरसफाइ संबन्धी कार्यक्रमको सुपरिवेक्षण, अनुगमन, निरीक्षण तथा मूल्यांकन तथा प्रगति प्रतिवेदन तयार गर्ने।