- पम्पिङ्ग प्रणालीमा आधारित खानेपानी आयोजनाहरु लाई प्राविधिक सहयोग पुर्याउने।
- पम्पिङ्ग प्रणालीका आयोजनाहरुको सूचना तथा अभिलेख अद्यावधिक राख्ने ।
- इलेक्ट्रो-मेकानिकल एबम हाइड्रो-जियोलोजि सम्बन्धी आवश्यक नर्मस तयार गर्ने तथा समन्वय गर्ने ।
- डीप ट्युववेल लगायत वृहत पम्पिङ तथा यान्त्रिक सुदृढीकरण सम्बन्धी आयोजना निर्माण तथा सुपरिवेक्षण तथा अनुगमन सम्बन्धी काम गर्ने ।
- डीप ट्युववेल तथा पम्पिङ्ग स्टेशनहरूको डिजाईन मापदण्ड, निर्देशिका तथा निर्माणको नर्म्स बिकास गरी प्रस्ताव गर्ने ।
- सवारी साधन एबम अन्य यान्त्रिक उपकरणहरुको ब्यवस्थापन सम्बन्धी कार्यविधि तयार गर्ने ।
- सवारी साधन एबम अन्य यान्त्रिक उपकरणहरु खरिद सम्बन्धी आबश्यक कार्यहरु गर्ने ।
- यान्त्रिक उपकरणहरुको संचालन कार्यमा दक्षता ल्याउन समय-समयमा सम्बन्धित जनशक्तिलाई तालिमको प्रबन्ध गर्ने।
- विभाग भित्रका सवारी साधनहरुको प्रयोगको ब्यवस्था मिलाउने तथा विभाग भित्र रहेका आयोजना र योजना कार्यालयहरुसँग समन्वय गरी सवारी साधनहरुको सञ्चालन तथा ब्यवस्थापन गर्ने गराउने ।
- बिभाग अन्तर्गतका यान्त्रिक साधनहरुको स्थिति र मर्मत सम्भारको केन्द्रीय अभिलेख तयार एबम अद्यावधिक गर्ने ।