- कर्मचारीहरुको आवश्यक संख्या एकीन गरी दरबन्दी सृजना एबम कटौती गर्ने र सालबसाली अभिलेख तयार गर्ने।
- कमर्चारीहरुको सरुवा, बढुवा, नियुक्ति, काज, सजाय, प्रोत्साहन पुरस्कार, पदक, विभुषण, अवकाश तथा हाजिरी, विदा र पदस्थापन आदि सम्बन्धमा आवश्यक कार्य गर्ने ।
- विभाग र अन्तर्गतका साधारण तर्फका सबै तहका कमर्चारीहरुको अभिलेख अद्यावधिक गर्ने ।
- संगठनात्मक संरचना निर्माण, दरबन्दी पुनरावलोकन, पद सृजना, पददर्ता, पदपूर्ति, नियुक्ति, सरुवा, बढुवा, विभागीय कारबाही, दण्ड, पुरस्कार, पदक, विभुषण एबम अवकाश सम्बन्धी कार्य गर्ने ।
- कार्यदक्षता सीमा पार गर्ने तथा अतिरिक्त मानमा लैजाने, अनुशासन, दण्ड र पुरस्कार सम्बन्धित कार्य गर्ने ।
- कर्मचारीको वृत्तिविकास सम्बन्धी कार्य गर्ने ।